पहलगाममा श्रीमान्‌ गुमाएकी हिमाङ्शी भन्छिन् : कश्मीरी-मुस्लिमको विरुद्धमा नजानुहोस्

काठमाडौं । भारतको जम्मू-कश्मीरस्थित पहलगामको बैसरन उपत्यकामा २२ अप्रिल २०२५ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । यसमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको थियो । कर्नालमा रक्तदान गर्न आएकी लेफ्टिनेन्ट विनय नरवालकी श्रीमती हिमाङ्शी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्, “हामी मानिसहरू मुस्लिम वा कश्मीरीहरूको विरुद्धमा जाओस् भन्ने चाहँदैनौं । हामी […]

May 1, 2025 - 13:16
 0
पहलगाममा श्रीमान्‌ गुमाएकी हिमाङ्शी भन्छिन् : कश्मीरी-मुस्लिमको विरुद्धमा नजानुहोस्

काठमाडौं । भारतको जम्मू-कश्मीरस्थित पहलगामको बैसरन उपत्यकामा २२ अप्रिल २०२५ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । यसमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भएको थियो ।

कर्नालमा रक्तदान गर्न आएकी लेफ्टिनेन्ट विनय नरवालकी श्रीमती हिमाङ्शी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्, “हामी मानिसहरू मुस्लिम वा कश्मीरीहरूको विरुद्धमा जाओस् भन्ने चाहँदैनौं । हामी शान्ति चाहन्छौं र केवल शान्ति चाहन्छौं । अवश्य पनि हामी न्याय चाहन्छौं, जसले गल्ती गरेका छन् उनीहरूलाई सजाय दिइनुपर्छ ।”

पत्रकारहरूको प्रश्नको जवाफमा उनले आफूले पनि देशको सेवा गर्ने बाटो रोज्ने बताइन् ।

भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनयको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो । उनी आफ्नी श्रीमती हिमाङ्शीसँग बिदा मनाउन कश्मीर गएका थिए ।

हरियाणाको कर्नाल जिल्लाका नरवाल दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए । बी.टेक पूरा गरेपछि उनी भारतीय नौसेनामा भर्ना भएका थिए ।

जम्मू-कश्मीर हमला : हिमाङ्शीको बिलौना ‍- यो मुस्लिम होइन भन्दै श्रीमान्‌लाई गोली हाने

जम्मू–कश्मीर हमला : बिहेको ६ दिनमै टुट्यो विनय र हिमाङ्शीको यात्रा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register