नेकपा विभाजनबारे प्रचण्ड : कसैलाई फाइदा भएको छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन भएर कसैलाई फाइदा नहुने बताएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबारे उनले यस्तो बताएका हुन् । विगतमा पार्टी विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउँदै प्रचण्डले भने, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक […]

May 3, 2025 - 12:40
 0
नेकपा विभाजनबारे प्रचण्ड : कसैलाई फाइदा भएको छैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन भएर कसैलाई फाइदा नहुने बताएका छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबारे उनले यस्तो बताएका हुन् ।

विगतमा पार्टी विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको बताउँदै प्रचण्डले भने, “पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।”

पेरिसडाँडामा आयोजित माओवादी पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गर्नुभयो।

“ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुआत हो,” प्रचण्डले भने । उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको सङ्केत भएको उल्लेख गरे ।

“तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सृजना गर्नेछ,” भन्दै प्रचण्डले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register