रोचक बन्यो आईपीएल प्लेअफ दौड, यी हुन् प्ले अफका प्रमुख दाबेदार

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तिमचरणमा पुगेको छ । सबै टिमले १० भन्दा धेरै खेल खेलिसकेका छन् । लिग चरणमा प्रत्येक टिमले १४–१४ वटा खेल खेल्नेछन् । अब लिग चरणका खेलहरू सकिन लाग्दा प्लेअफ दौड भने रोचक बनेको छ । सुरुका खेलमा पराजित मुम्बई इन्डियन्स (एमआई) ले लगातार ६ खेल जितेपछि उ […]

May 4, 2025 - 03:16
 0
रोचक बन्यो आईपीएल प्लेअफ दौड, यी हुन् प्ले अफका प्रमुख दाबेदार

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तिमचरणमा पुगेको छ । सबै टिमले १० भन्दा धेरै खेल खेलिसकेका छन् । लिग चरणमा प्रत्येक टिमले १४–१४ वटा खेल खेल्नेछन् । अब लिग चरणका खेलहरू सकिन लाग्दा प्लेअफ दौड भने रोचक बनेको छ ।

सुरुका खेलमा पराजित मुम्बई इन्डियन्स (एमआई) ले लगातार ६ खेल जितेपछि उ १४ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ । उता योपटक उत्कृष्ट लयमा देखिएको रोयल च्यालेन्सर्ज बेंगलरु (आरसीबी) ११ खेलमध्ये ८ खेल जितेर १६ अंकका साथ टपमा छ ।

मुम्बई र आरसीबीको लयले तनावमा लखनउ सुपर जायन्ट मात्र होइन, गत सिजनको कोलकाता नाइट राइडर्स (केकेआर) पनि तनावमा परेको छ । केकेआर त योपटक प्लेअफमा पुग्नै मुस्किल बनेको छ । अजिंक्य रहाणेको टिमले १० खेलमा ९ अंक मात्र जोडेको छ । उसले अझै ४ खेल खेल्न बाँकी छ । यीमध्ये एक हारले पनि उसलाई प्लेअफ दौडबाट बाहिर बनाउन सक्छ । उ अहिले अंकतालिकाको सातौँ स्थानमा छ ।

यस्तै सुरुमा लयमा देखिएको पञ्जाव किंग्सले पछिल्ला खेलहरूमा लय गुमाउँदा प्लेअफ दौडबाट बाहिरिने संकटमा पुगेको छ । उसको १० खेलबाट १३ अंक छ । उसले अझै चार खेल खेल्न बाँकी छ । त्यसमध्ये एक जितले पनि उसलाई प्लेअफमा पुर्‍याउन सक्छ । अहिले चौथो स्थानमा रहेको पञ्जावका लागि दिल्ली क्यापिटल्स, लखनउ र केकेआरले टक्कर दिइरहेका छन् ।

दिल्ली पनि सुरुमा चम्केको र पछिल्ला खेलमा लय गुमाएको टिम हो । दिल्ली हाल १० खेलमा १२ अंकका साथ पाँचौँ स्थानमा छ । उसले अझै चार खेल खेल्न बाँकी छ । यीमध्ये उसले कम्तीमा दुई जित हात पार्नुपर्ने अवस्था छ ।

यस्तै गुजरात टाइटन्स सधा झै योपटक पनि प्लेअफमा पुग्ने दौडमा छ । उसको १० खेलमा १४ अंक छ । र नेट रनरेटका कारण मात्र मुम्बईभन्दा पछाडि तेस्रो स्थानमा छ । उसले पनि अब चार खेल खेल्न बाँकी छ ।

प्ले अफमा पुग्ने सम्भावना रहेको अर्को टिम हो, लखनउ । उसको १० खेलमा १० अंक छ । उसले बाँकी चारै खेल जिते उसको प्ले अफ सम्भावना रहन्छ । एक मात्र हारले उसलाई प्ले अफ दौडबाट बाहिर बनाउन सक्छ ।

त्यसो त १० खेलमध्ये तीन खेल मात्र जितेको सनराइजर्स हैदरावाद पनि प्ले अफमा पुग्न सक्छ । तर त्यसका लागि अन्य टिमको नतिजामा पनि भर पर्नुपर्छ । उ प्ले अफमा पुगे पनि चौथोभन्दा माथि जाने सम्भावना भने छैन । राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स भने औपचारिक रूपमै प्ले अफ दौडबाट बाहिरिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register