दुर्गा प्रसाईंलगायत ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धानअनुसार जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार आन्दोलनका कमान्डर भनिएका मेडिकल व्यवसायी प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, […]

May 25, 2025 - 12:59
 0
दुर्गा प्रसाईंलगायत ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धानअनुसार जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार आन्दोलनका कमान्डर भनिएका मेडिकल व्यवसायी प्रसाईं, हरिहरि चौलागाईं, सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारूविरुद्ध मुद्दा दायर गरिएको हो ।

उक्त प्रदर्शन हिंसात्मक बन्दा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register