भारतीय एम्बुलेन्समा गाँजा तस्करी चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

सुनसरी, २१ वैशाख । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय [...] The post भारतीय एम्बुलेन्समा गाँजा तस्करी चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

May 4, 2025 - 09:59
 0
भारतीय एम्बुलेन्समा गाँजा तस्करी चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

सुनसरी, २१ वैशाख । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ ।

सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी–६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै एम्बुलेन्स चालक बराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराजकुमार साहलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post भारतीय एम्बुलेन्समा गाँजा तस्करी चालक र एम्बुलेन्स प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register