धरानको जंगलमा मृत भेटिएकी चुनुकुमारीको हत्या गर्न श्रीमानले नै भारु पाँच लाखको सुपारी दिएको खुलासा

झापा, ५ बैशाख । सुनसरीको धरानस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको आफ्नै श्रीमानको योजनामा हत्या भएको खुलेको छ । श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा [...] The post धरानको जंगलमा मृत भेटिएकी चुनुकुमारीको हत्या गर्न श्रीमानले नै भारु पाँच लाखको सुपारी दिएको खुलासा appeared first on Jhapa Online.

Apr 18, 2025 - 02:51
 0
धरानको जंगलमा मृत भेटिएकी चुनुकुमारीको हत्या गर्न श्रीमानले नै भारु पाँच लाखको सुपारी दिएको खुलासा

झापा, ५ बैशाख । सुनसरीको धरानस्थित जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको आफ्नै श्रीमानको योजनामा हत्या भएको खुलेको छ ।

श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेको थियो ।

वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम दाहाल आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । ‘श्रीमानले भारु पाँच लाख रुपैयाँमा सुपारी दिएको र त्यसपछि हत्या गर्नका लागि एक भारतीय नागरिक आएका थिए । श्रीमानले श्रीमतीको हत्याका लागि पहिले नै ३० हजार रुपैयाँ एडभान्स दिएको र बाँकी रकम काम सम्पन्न भएपछि दिने सर्त रहेको थियो’, प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ। अनुसन्धानले यस घटनामा कुल ६ जनाको संलग्नता रहेको देखाएको छ।

धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन्। उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ।

The post धरानको जंगलमा मृत भेटिएकी चुनुकुमारीको हत्या गर्न श्रीमानले नै भारु पाँच लाखको सुपारी दिएको खुलासा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register