संक्रणमकालीन न्याय टुंग्याउन सरकारको पहल सकरात्मक : माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संक्रमणकालीन न्याय टुंग्याउन सरकारले अघि बढाइरहेको पहल सकरात्मक भएको प्रतिक्रिया दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलपछि माओवादी केन्द्रले यस्तो प्रतिक्रिया दिएको हो । ‘प्रधानमन्त्रीसँग छलफल गर्दा संक्रमणकालीन न्याय टुंग्याउनका लागि सरकारले सकरात्मक पहल गरेको हामीले पायौँ,’ बैठकमा सहभागि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए । […]

May 4, 2025 - 14:37
 0
संक्रणमकालीन न्याय टुंग्याउन सरकारको पहल सकरात्मक : माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संक्रमणकालीन न्याय टुंग्याउन सरकारले अघि बढाइरहेको पहल सकरात्मक भएको प्रतिक्रिया दिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलपछि माओवादी केन्द्रले यस्तो प्रतिक्रिया दिएको हो । ‘प्रधानमन्त्रीसँग छलफल गर्दा संक्रमणकालीन न्याय टुंग्याउनका लागि सरकारले सकरात्मक पहल गरेको हामीले पायौँ,’ बैठकमा सहभागि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।

पीडित पक्षलाई अन्याय नहुनेगरी संक्रमणकालीन न्याय टुंग्याउने विषयमा छलफल भएको पुनले बताए । पीडित पक्षले आफ्ना सरोकारका विषयमा प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रि ओलीले प्रतिपक्षी दलका नेतासँग छलफल गरेका हुन् ।

पीडित पक्षले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्ना कुरा राख्ननका लागि समय लिएका छन् ।

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register