विदेश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । सल्ल्यानको छत्रेश्वरी गाउँपालिका-६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका-७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेल पक्राउ परेका हुन् । […]

Jan 28, 2025 - 08:06
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
सल्ल्यानको छत्रेश्वरी गाउँपालिका-६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका-७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेल पक्राउ परेका हुन् ।
अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट रु तीन लाख, विकले अमेरिका पठाइदिने वहानामा रु ९७ लाख ५४ हजार र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु  एक लाख ६० हजार ठगेका थिए ।
अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register