बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम पाइने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिनसक्ने भएका छन् । घरैबाट बिना लाइन बसेर तुरुन्तै आफ्नो खल्ती खातामै कर्जा आउने कम्पनीले जनाएको छ । बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ-कर्जाको […]

Apr 9, 2025 - 13:00
 0
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम पाइने

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ ।

अब प्रयोगकर्ताहरूले बिना धितो इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिनसक्ने भएका छन् । घरैबाट बिना लाइन बसेर तुरुन्तै आफ्नो खल्ती खातामै कर्जा आउने कम्पनीले जनाएको छ ।

बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ-कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् । कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो । तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई-कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुनुहुने कुरामा हामी विश्वास छौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register