तीनकुने प्रदर्शन : मिश्र र प्रसाईंसहित २४ जनालाई ५ दिन म्याद थपियो

काठमाडौं । तीनकुने घटनामा मुछिएका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको मागबमोजिम न्यायाधीश मोना सिंहको इजलासले उनीहरूको म्याद थप गरेको हो। यसअघि वैशाख २१ गते म्याद थपिएका उनीहरूलाई प्रहरीले थप अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो। यसै घटनाको […]

May 8, 2025 - 13:51
 0
तीनकुने प्रदर्शन : मिश्र र  प्रसाईंसहित २४ जनालाई ५ दिन म्याद थपियो

काठमाडौं । तीनकुने घटनामा मुछिएका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको मागबमोजिम न्यायाधीश मोना सिंहको इजलासले उनीहरूको म्याद थप गरेको हो।

यसअघि वैशाख २१ गते म्याद थपिएका उनीहरूलाई प्रहरीले थप अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो। यसै घटनाको अनुसन्धानको क्रममा राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई भने क्यान्सरको उपचारका लागि रिहा गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register