यी हुन् दाँत चम्किलो बनाउने घरेलु उपायहरु

दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग [...] The post यी हुन् दाँत चम्किलो बनाउने घरेलु उपायहरु appeared first on Jhapa Online.

Mar 20, 2025 - 08:10
 0
यी हुन् दाँत चम्किलो बनाउने घरेलु उपायहरु

दाँत सफा या चम्किलो बनाउन अति आवश्यक हुन्छ । किनकि, हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो । गफ गर्दा या हाँस्दा तपाईंको दाँत राम्रो देखिएन भने अरूले पनि राम्रो सोच्दैनन् । यसका लागि टुथपेस्टले ब्रस गर्दैमा राम्रो हुने होइन । अन्य केही सामान्य चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ ।

सुन्तला – सुत्नुअघि सुन्तला ताछेर दाँतमा रगड्नुहोस् । यसमा हुने भिटामिन सी र क्याल्सियम रातभर किटाणुसँग लड्छ । केही हप्ता यो प्रक्रिया दोहोर्‍याउने हो भने तपाईंको दाँतमा भएको फिकापन हट्छ ।

स्ट्रबेरी – स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ । केही स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने । दैनिक दुईपटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ । अर्को तरिकामा स्ट्रबरीलाई आधा चम्चा बेकिङ सोडामा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने र त्यसलाई पखाल्ने । त्यसपछि टुथपेस्टले सफा गर्ने ।

कागती–नुन – कागतीमा केही नुन मिलाउने र त्यसलाई दाँतमा रगड्ने । केही समय त्यसै छाडिदिने र पानीले धुने । केही हप्तासम्म दिनको दुईपटक यसो गर्ने ।

तुलसीको पात – तुलसीको पातलाई घाममा सुकाउने । जब यो सुक्खा हुन्छ, त्यसलाई पिसेर पाउडर बनाउने । यस पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्ने । अर्को तरिका यसको पत्तालाई सस्र्युंको तेलमा मिलाएर दाँत सफा गर्ने ।

स्याउ – दैनिक एउटा ताजा स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ । यसलाई राम्ररी चपाएर खाने । यसमा एसिड र फाइबर हुने हँुदा दाँतलाई दह्रो बनाउँछ ।एजेन्सी

The post यी हुन् दाँत चम्किलो बनाउने घरेलु उपायहरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register