बुटवल पूर्ण खोप र प्रसूति सेवायुक्त पालिका घोषणा

लुम्बिनी । रुपन्देहीका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा भएको छ । मङ्गलबार बुटवलमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयलगायतले यस्तो घोषणा गरेका हुन् । स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित […]

May 14, 2025 - 04:23
 0
बुटवल पूर्ण खोप र प्रसूति सेवायुक्त पालिका घोषणा

लुम्बिनी । रुपन्देहीका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा भएको छ ।

मङ्गलबार बुटवलमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयलगायतले यस्तो घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवा पहुँच र गुणस्तरमा निरन्तर सुधार गर्दै उपमहानगरले सबै लक्षित समूहमा पूर्ण खोप सुनिश्चित गर्नुका साथै स्वास्थ्य संस्थामा पूर्ण प्रसूति र सेवा निरन्तरतामा विशेष ध्यान दिएको प्रमाणित भएपछि पूर्व खोप र प्रस्तुति सेवायुक्त पालिका घोषणा गरिएको बुटवल उपमहानगरले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले २०८१/८२ मा बुटवल उपमहानगर विभिन्न सूचक पूरा गरेर घोषणा हुनेमा जिल्लाकै पहिलो भएको जानकारी दिँदै अन्य क्षेत्रमा पनि यसैगरी सफलता हासिल गर्न शुभकामना दिए । भौतिक विकास निर्माणसंगै अन्य क्षेत्रमा आत्मनिर्भर भए पनि रुपन्देही जिल्ला पोषणमा कमी र मातृ मृत्युदर बढी देखिएको भन्दै उनले भविष्यमा यसलाई सुधार गर्ने तर्फ सरोकारवालाहरू सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवललाई गत वर्ष नै ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा गर्ने तयारी भएकोमा केही कारणले एक वर्ष ढिलाइ भएको जानकारी दिए ।

ढिला गरी घोषणा गर्दा पनि बुटवल जिल्लामै पहिलो हुन सफल भएकोमा उनले खुसी ब्यक्त गरे । उनले स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायत सबै सरोकारवालाको सहयोगमा बुटवलले यो सफलताअ हासिल गरेको प्रमुख पाण्डेयको भनाइ थियो ।

सो अवसरमा उनले बुटवलमा पछिल्लो समय नसर्ने रोग रोकथामका लागि निकै चुनौतिपूर्ण भएको बताए । शैक्षिक सूचकांक सुधार गर्ने क्रममा बुटवल उपमहानगरले विद्यालय नगएका बालबालिका खोज्न टोल–टोल र घर घरमै पुग्दा बालबालिकालाई विद्यालय नपठाएर सडकमा माग्न पठाउने गरेको पाइएको स्मरण गरे । ‘बालबालिकालाई विद्यालय नपठाए सेवा सुविधा रोक्ने चेतावनी दिएपछि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुका साथै सरसफाइ र हरियालीमासमेत अगाडि देखिएको पाइयो,’ उनले भने ।

सुरक्षित रुपमा बच्चा जन्माउन प्रोत्साहन गर्न बुटवलले अस्पतालमा बच्चा जन्माउने सुत्केरीलाई दुई हजार पोषण भत्ता दिने गरेको नगर प्रमुख पाण्डेयले बताए ।

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणासम्बन्धी प्रतिवेदन वाचन गरेकी थिइन् । उनले नगरभित्र रहेका हरेक नागरिकलाई स्वस्थ बनाउन पालिकाले कुनै कसुर बाकी नराख्ने प्रतिबद्धतासमेत जनाइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register