सर्लाहीमा बालकसहित दुई जनाको शव फेला

बरहथवा । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ । पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा […]

Apr 20, 2025 - 15:11
 0
सर्लाहीमा बालकसहित दुई जनाको शव फेला

बरहथवा । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ ।

पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिनदेखि बेपत्ता थिए ।

उनका परिवारका सदस्यले खोजविनका लागि प्रहरी चौकी नारायणपुरमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा माझी खाडलमा डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो ।

यस्तै लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ । लालबन्दी–२, जुटपानीस्थित जीर्ण झोलुङ्गे पुलमुनि स्थानीय ४५ वर्षीय लक्ष्मण महतोको शव फेला परेको प्रवक्ता राईले जानकारी दिए।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register