५२ जना संवैधानिक पदाधिकारी नियुक्ति प्रकरणमा बहस सकियो, २८ जेठमा फैसला आउने
अख्तियार दुरुपयोग अनुसन्धानलगायतका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस सकिएको छ । बिहीबार सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएसँगै यो प्रकरणमा निर्णय सुनाउने दिन तोकिएको छ । संवैधानिक इजलासले यही २८ मा फैसला सुनाउने मिति तोकेको हो । रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १६ जेठसम्म बहस नोट पेस […]

अख्तियार दुरुपयोग अनुसन्धानलगायतका विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारे सर्वोच्च अदालतमा दायर रिटमाथिको बहस सकिएको छ ।
बिहीबार सर्वोच्चको संवैधानिक इजलासमा बहस सकिएसँगै यो प्रकरणमा निर्णय सुनाउने दिन तोकिएको छ । संवैधानिक इजलासले यही २८ मा फैसला सुनाउने मिति तोकेको हो । रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १६ जेठसम्म बहस नोट पेस गर्न संवैधानिक इजलासले भनेको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको समयमा विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरिएको थियो ।
संवैधानिक पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र हुने संवैधानिक व्यवस्था भए पनि ओलीले संसद विघटनको बेला उनीहरूको नियुक्ति भएकाले उनीहरूको संसदीय सुनुवाइ भएको थिएन । संसदीय सुनुवाइ नै नभई उनीहरूको नियुक्ति भएपछि यो विषय सर्वोच्च अदालत पुगेको हो ।
What's Your Reaction?






