महानगरको कार्यालयमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् । उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् । काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो […]

Apr 3, 2025 - 07:12
 0
महानगरको कार्यालयमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेका छन् ।

उनलाई नगर प्रहरीले गेटमै रोक्न खोजेको थियो । तर, कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका छन् ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register