झापामा ८७ करोड बढी बेरुजु

झापा, २ जेठ । झापाका १५ वटा स्थानीय तहमा ८७ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । यीमध्ये सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार झापामा मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको देखाएको छ । मेचीनगरमा २२ करोड ५६ लाख [...] The post झापामा ८७ करोड बढी बेरुजु appeared first on Jhapa Online.

May 16, 2025 - 12:50
 0
झापामा ८७ करोड बढी बेरुजु

झापा, २ जेठ । झापाका १५ वटा स्थानीय तहमा ८७ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । यीमध्ये सबैभन्दा बढी बेरुजु मेचीनगर नगरपालिकामा रहेको पाइएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरिएको महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनअनुसार झापामा मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ६.११ प्रतिशत बेरुजु रहेको देखाएको छ । मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

मेचीनगरपछि कचनकवल गाउँपालिकामा ४.५१ प्रतिशत अर्थात् ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात् ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु बाह्रदशी गाउँपालिकामा रहेको छ । बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात् ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा १० करोड ५५ लाख २८ हजार, भद्रपुर नगरपालिकामा ६ करोड ३० लाख ५६ हजार, शिवसताक्षी नगरपालिकामा ३ करोड ९७ लाख ९७ हजार, अर्जुनधारा नगरपालिकामा ६ करोड ३७ लाख १९ हजार, कनकाई नगरपालिकामा ४ करोड ४१ लाख ४२ हजार, गौरादह नगरपालिकामा ३ करोड ९७ लाख ३८ हजार, दमक नगरपालिकामा ४ करोड १ लाख ८ हजार, गौरीगञ्ज गाउँपालिकामा करोड ९६ लाख ३७ हजार, कमल गाउँपालिकामा ३ करोड ७७ लाख ३८ हजार, झापा गाउँपालिकामा १ करोड १५ लाख ३१ हजार र हल्दिबारी गाउँपालिकामा ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ । अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।

The post झापामा ८७ करोड बढी बेरुजु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register