कोशीको बर्खे अधिवेशन आजबाट

काठमाडौं । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ। बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ। त्यसैगरी, प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। […]

May 18, 2025 - 04:30
 0
कोशीको बर्खे अधिवेशन आजबाट

काठमाडौं । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ।

प्रदेश सभाका कार्यवाहक सचिव गौतम राज अमात्यका अनुसार सातौं अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे विराटनगरस्थित सभा हलमा बस्नेछ।

बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनेछ। त्यसैगरी, प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।

प्रदेश सभा सचिवालयले जनाएअनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ पनि टेबुल गरिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register