महिला टी-२० विश्वकप छनोट सुपर-३: नेपाल र यूएई आज भिड्दै

काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाल समूह ‘सी’ को विजेताको रूपमा, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेताको रूपमा सुपर-३ […]

May 19, 2025 - 02:18
 0
महिला टी-२० विश्वकप छनोट सुपर-३: नेपाल र यूएई आज भिड्दै

काठमाडौं । थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर-३ चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।

खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

नेपाल समूह ‘सी’ को विजेताको रूपमा, यूएई समूह ‘बी’ को विजेता र थाइल्यान्ड समूह ‘ए’ को विजेताको रूपमा सुपर-३ मा प्रवेश गरेका हुन् ।

यूएईसँगको खेलपछि नेपालले सुपर-३ अन्तर्गत आफ्नो दोस्रो खेल मङ्गलबार आयोजक थाइल्यान्डसँग खेल्ने तालिका छ। यस चरणमा सहभागी तीनवटै टोलीले एकआपसमा एक-एक खेल खेल्नेछन्।

शीर्ष दुई स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपको विश्वव्यापी छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन्। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register