एम्बास्डर्स क्लब र आईआरजीडीडीको उद्घाटन, ‘द डिप्लोम्याट नेपाल’सार्वजनिक

काठमाडौं । नेपालमा कूटनीति र अन्तर्राष्ट्रिय मामिलालाई थप प्रभावकारी बनाउने उद्देश्यले आइतबार एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुभारम्भ भएको छ। सो अवसरमा नेपालको पहिलो कूटनीतिक पत्रिका ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको सुरुवातले […]

May 19, 2025 - 02:33
 0
एम्बास्डर्स क्लब र आईआरजीडीडीको उद्घाटन, ‘द डिप्लोम्याट नेपाल’सार्वजनिक

काठमाडौं । नेपालमा कूटनीति र अन्तर्राष्ट्रिय मामिलालाई थप प्रभावकारी बनाउने उद्देश्यले आइतबार एम्बास्डर्स क्लब र इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) को शुभारम्भ भएको छ। सो अवसरमा नेपालको पहिलो कूटनीतिक पत्रिका ‘द डिप्लोम्याट नेपाल’ पनि सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आईआरजीडीडी, एम्बास्डर्स क्लब र ‘द डिप्लोम्याट नेपाल’ म्यागेजिनको सुरुवातले विश्व परिवर्तनमा नेपालको महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, ‘वैश्विक व्यवस्था तीव्र रूपमा बदलिरहेको छ र नेपाल अब किनारामा बस्न सक्दैन। शान्ति, सक्रिय सार्वभौमिकता र न्यायमा आधारित योगदानका लागि यो प्रयास समयसापेक्ष र आवश्यक कदम हो।’ डा. भट्टराईले यी तीन संस्थाहरूले नेपाललाई विश्वमाझ एक ‘सफ्ट पावर’को रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

अम्बासडर्स क्लब र आईआरजीडीडीकी अध्यक्ष, पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यी संस्थाहरूको उद्घाटनलाई यात्राको थालनीको रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘यो यात्रा नेपाललाई विश्व संवादको केन्द्रमा पुर्‍याउने हो। नेपालको आवाज, शान्ति र सहनशीलतामा आधारित भएर विश्व मञ्चमा गुञ्जिनेछ।’ उनले साना राष्ट्रहरू दृढताका साथ उभिनुपर्ने र विश्व परिवर्तनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालले गर्ने हरेक निर्णयले देशको पहिचान र इतिहाससँग सम्बन्धित गम्भीर प्रश्नहरूलाई सम्बोधन गर्नुपर्ने बताए। उनले रणनीतिक संलग्नता र स्पष्ट कूटनीतिक आवाजमार्फत नेपालले आफ्नो उपस्थितिलाई पुनः परिभाषित गर्नुपर्ने धारणा राखे।

पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आईआरजीडीडी र एम्बास्डर्स क्लबलाई ‘समय सापेक्ष र रूपान्तरणकारी’ प्लेटफर्मको रूपमा व्याख्या गरिन्। उनले विश्वव्यापी संकट र जलवायु परिवर्तनको सामना गरिरहेको अवस्थामा यस्ता पहलहरू नेपालका लागि महत्वपूर्ण हुने बताइन्।

रास्वपाका कार्यवाहक अध्यक्ष डीपी अर्यालले यी पहलहरूले नेपाल र विश्वमा भइरहेको कूटनीतिक अभ्यासलाई सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा डिप्लोम्याटिक कोप्र्सकी डीन तथा नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमदले आयोजक समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिन्। उनले आईआरजीडीडी र एम्बास्डर्स क्लबले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने बताइन्।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्दीले यी पहलहरूले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रमुख अतिथि डा. भट्टराई, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, डा. शर्मिला पराजुली ढकाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उनीहरूले संयुक्त रूपमा ‘द डिप्लोम्याट नेपाल’ म्यागजिनको विमोचन गर्नुका साथै तीनै संस्थाको सुरुवातको उपलक्ष्यमा केक काटेर उत्सव मनाएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register