हरीयो धनियाँमा भेटियो ९९.३७ प्रतिशत विषादी

काठमाडौँ । हरीयो धनियाँमा अत्याधिक विषादी भेटीएको छ । मंगलबार काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको हो । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । सो क्रममा धनियाँमा विषादी […]

May 20, 2025 - 09:42
 0
हरीयो धनियाँमा भेटियो ९९.३७ प्रतिशत विषादी

काठमाडौँ । हरीयो धनियाँमा अत्याधिक विषादी भेटीएको छ । मंगलबार काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । सो क्रममा धनियाँमा विषादी भेटीएको हो ।

विषादीको मात्रा धेरै भेटिएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको भन्दै सबै नस्ट गरीएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भेटीयो भने उपभोग योग्य मानीने छ, भने ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने छ ।

त्यस्तै, ४५ प्रतिशत भन्दा बढी विषादी भेटीयो भने उपभोग अयोग्य मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register