गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार

काठमाडौं । गभर्नर नियुक्तिको चर्चासँगै आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर २६७७ दशमलव ४५ को विन्दुमा पुगेको छ । मङ्गलवार ३१० कम्पनीका ७३ हजार ०५४ पटकको कारोबारमा १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब […]

May 20, 2025 - 10:45
 0
गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार

काठमाडौं । गभर्नर नियुक्तिको चर्चासँगै आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर २६७७ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३१० कम्पनीका ७३ हजार ०५४ पटकको कारोबारमा १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

२२९ कम्पनीमा हरियाली छाउँदा १५ कम्पनी घटेका छन् भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

सिन्धु विकास बैङ्क र सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register