यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा र गर्मी हुने

काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदर […]

May 21, 2025 - 09:32
 0
यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा र गर्मी हुने

काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ भने सुदुरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।

त्यसैगरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।

यस्तै, यो वर्ष तापक्रम पछिल्लो वर्षभन्दा धेरै हुने पनि सम्भावना रहेको छ ।

विभागकाअनुसार सुदूरपश्चिम प्रदेशको उत्तर-पूर्वी भू-भाग, कर्णाली प्रदेशको उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग, गण्डकी प्रदेशको पश्चिमी भू-भाग, मधेश प्रदेशको पश्चिमी भू-भाग र बागमती प्रदेशको मध्य भू-भागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ ।

त्यसैगरी मधेस प्रदेशको पूर्वी भू-भाग र गण्डकी प्रदेशको मध्य भू-भागमा सरदर भन्दा बढी रहने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भू-भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ ।

र, यो वर्ष जाडो पनि धेरै हुने भएको छ । कर्णाली र बागमती प्रदेशका अधिकांश भू-भाग, लुम्बिनी प्रदेशको मध्य भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशको तराई भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको  विभागले जनाएको छ ।

त्यसैगरी सुदुरपश्चिम प्रदेशको दक्षिण-पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग र कोशी प्रदेशको उत्तरी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register