सेयर बजार घट्दा १०७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको कारोबारको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अङ्कले घटेर २६२३ बिन्दुमा झरेको छ । ३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेकाअनुसार १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने […]

Apr 30, 2025 - 11:16
 0
सेयर बजार घट्दा १०७ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको कारोबारको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ अङ्कले घटेर २६२३ बिन्दुमा झरेको छ ।

३१४ कम्पनीको २ करोड ४६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेकाअनुसार १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३६ कम्पनीको घटेको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनीको भएको छ । राधीको सेयरमा मात्रै ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।

आज अधिकाङ्श सूचक ओरालो लागेका छन् । बैङ्किङ ०.७०, विकास बैङ्क १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ र अन्य १.१६ प्रतिशतले घटेको छ ।

तर, हाइड्रोपावर ०.६१, माइक्रोफाइनान्स ०.०४ र व्यापार समूह ०.४० प्रतिशतले उकालो लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register