नेरुडे मिर्मिरे लघुवित्तको सेयर चलेखेल प्रकरणमा बस्याल र फुँयालविरुद्ध धितोपत्र बोर्डले अनुसन्धान गर्ने !

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तको सेयर चलखेल प्रकरणमा नियामक नेपाल धितोपत्र बोर्डले आवश्यक अनुसन्धान गर्ने भएको छ । गलत वित्तीय विवरण सार्वजनिक गरेर एउटा समूहले सेयर बेचेपछि पुन: त्यसलाई सच्याई सेयर बजारमा चलखेल गरेको आरोप लागेका कम्पनीका तत्कालीन अध्यक्ष सन्तोष फुयाँल र हालका सिइओ भोजराज बस्यालविरुद्ध बोर्डले अनुसन्धान गर्ने भएको हो । यस विषयमा बोर्डले […]

May 22, 2025 - 03:35
 0
नेरुडे मिर्मिरे लघुवित्तको सेयर चलेखेल प्रकरणमा बस्याल र फुँयालविरुद्ध धितोपत्र बोर्डले अनुसन्धान गर्ने !

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तको सेयर चलखेल प्रकरणमा नियामक नेपाल धितोपत्र बोर्डले आवश्यक अनुसन्धान गर्ने भएको छ । गलत वित्तीय विवरण सार्वजनिक गरेर एउटा समूहले सेयर बेचेपछि पुन: त्यसलाई सच्याई सेयर बजारमा चलखेल गरेको आरोप लागेका कम्पनीका तत्कालीन अध्यक्ष सन्तोष फुयाँल र हालका सिइओ भोजराज बस्यालविरुद्ध बोर्डले अनुसन्धान गर्ने भएको हो ।

यस विषयमा बोर्डले केही समयभित्रै दुवै जनालाई स्पष्टिकरण सोध्ने, वा बोर्डले आन्तरिक रुपमा अनुसन्धान सकेर कारवाहीको सिफारिस गर्ने विषयमा बोर्डमा छलफल हुने भएको छ । सो लघुवित्तमा केहि निश्चित व्यक्तिहरुको मिलेमतोमा चलखेल गरी कम्पनीको मूल्य प्रभावित गरिएको विषय अर्थ सरोकारले ब्रेक गरेको थियो । सो विषय सार्वजनिक भएपछि बोर्डले यस विषयलाई ‘नोटिस’मा लिएर अनुसन्धान सुरु गरेको हो । 

चलखेल प्रमाणित भए लघुवित्तका सिइओ बस्याल र तत्कालीन अध्यक्ष फुयाँलसहितकालाई कारवाही हुनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register