विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चारजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम  ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय विकास गुरुङ, ३६ वर्षीय रन्जना अधिकारी, ४० वर्षीय यादव प्रसाद घिमिरे र ५२ वर्षीय लोकजन खड्का रहेका छन् । पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ […]

May 22, 2025 - 08:14
 0
विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चारजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम  ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय विकास गुरुङ, ३६ वर्षीय रन्जना अधिकारी, ४० वर्षीय यादव प्रसाद घिमिरे र ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।

पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङले दुई जनालाई अजरबैजान पठाउने भनेर पाँच लाख रुपैयाँ, अधिकारीले १ जनालाई जापान पठाउने भन्दै तीन लाख रुपैयाँ, घिमिरेले एक जनालाई जापान पठाउने भन्दै ५० हजार रुपैयाँ र खड्काले एक जनालाई थाईल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय राम्रो देश, आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्नेहरुको जमात बढेको छ भने ठगिनेहरु पनि बढेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register