झापा र मोरङ ब्राउनसुगरसहित पाँच जना पक्राउ

झापा, ९ जेठ । मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका–१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको [...] The post झापा र मोरङ ब्राउनसुगरसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

May 23, 2025 - 13:15
 0
झापा र मोरङ ब्राउनसुगरसहित पाँच जना पक्राउ

झापा, ९ जेठ । मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ८ गते लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका–१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी, प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापाको झापा गाउँपालिका–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मेचीनगर–७ इटाभट्टाका २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउन सुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

The post झापा र मोरङ ब्राउनसुगरसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register