संसद् बैठक बस्न नसकेपछि सभामुख र दलका प्रमुख सचेतकहरूबीच पुनः छलफल

काठमाडौं । निर्धारित समयमा प्रतिनिधिसभा बैठक पुनः बस्न नसकेपछि सभामुख देवराज घिमिरेले ठूला दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि पुनः बोलाएका छन् । उनीहरूबीच मंगलबार दिउँसो संसद् सचिवालयमा छलफल जारी छ । सभामुख र प्रमुख सचेतकहरूबीच यसअघि पनि छलफल भएको थियो । यसपछि संसद् सचिवालयले सूचना निकालेर साढे २ बजे बैठक पुनः बस्ने भनेको थियो । […]

May 27, 2025 - 10:19
 0
संसद् बैठक बस्न नसकेपछि सभामुख र दलका प्रमुख सचेतकहरूबीच पुनः छलफल

काठमाडौं । निर्धारित समयमा प्रतिनिधिसभा बैठक पुनः बस्न नसकेपछि सभामुख देवराज घिमिरेले ठूला दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि पुनः बोलाएका छन् ।

उनीहरूबीच मंगलबार दिउँसो संसद् सचिवालयमा छलफल जारी छ ।

सभामुख र प्रमुख सचेतकहरूबीच यसअघि पनि छलफल भएको थियो ।

यसपछि संसद् सचिवालयले सूचना निकालेर साढे २ बजे बैठक पुनः बस्ने भनेको थियो । तर संसद् बैठक पुनः बस्न सकेन ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register