रमेश लेखकको बचाउमा उत्रिए गगन थापा

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलहरूले लगातार दोस्रो दिन संसद् अवरोध गरिरहेका बेला कांग्रेस महामन्त्री गगन थापा भने उनको बचाउमा उत्रिएका छन् । बुधबार नेपाली कांग्रेस धरान उपमहानगर सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा गृहमन्त्री लेखकको राजीनामा माग्नु न्यायोचित नहुने जिकिर गरेका छन् । उनले भनेका छन्, […]

May 28, 2025 - 11:49
 0
रमेश लेखकको बचाउमा उत्रिए गगन थापा

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलहरूले लगातार दोस्रो दिन संसद् अवरोध गरिरहेका बेला कांग्रेस महामन्त्री गगन थापा भने उनको बचाउमा उत्रिएका छन् ।

बुधबार नेपाली कांग्रेस धरान उपमहानगर सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा गृहमन्त्री लेखकको राजीनामा माग्नु न्यायोचित नहुने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याउने विषय न त कानुनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ ।’

तर, महामन्त्री थापाले पछि प्रमाण भेटिए र अनुसन्धानको दायरामा आएपछि भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । उनले अगाडि भनेका छन्, ‘रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमानदारिता र कुशलतापुर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो । तर हामीलाई थाहा छ– कानुनी राज्यमा कसैको विश्वास वा आग्रहभन्दा माथि तथ्य र प्रमाण हुन्छ ।’

उनले अहिले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणको अनुसन्धान गरिरहेको र गृहमन्त्री यसको दायरामा नआएकाले राजीनमा दिनुनपर्ने उनको भनाइ छ । थापा पनि कांग्रेसको संस्थागत निर्णयको पक्षमा उभिएका हुन् । यसअघि नै कांग्रेस पदाधिकारी बैठकले लेखक यो प्रकरणमा नमुछिएको भन्दै राजीनामा दिनु नपर्ने निर्णय गरेको थियो ।

उता कांग्रेस नेता डा. शेखर कोइरालाले भने लेखकले नैतिकताका आधारमा राजीनमा दिनुपर्ने बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register