कृषि मन्त्रालयका लागि ५७ अर्बको बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ । सरकारले यो बजेटमार्फत उच्चमू मूल्यको कृषि बाली पवर्द्धनका लागि ८३ करोड विनियोजन गरेको छ । यस्तै तरकारीको विषादी परीक्षण गर्न जनशक्ति थपिने छ भने त्यसका लागि बजट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । […]

May 29, 2025 - 11:08
 0
कृषि मन्त्रालयका लागि ५७ अर्बको बजेट

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ । सरकारले यो बजेटमार्फत उच्चमू मूल्यको कृषि बाली पवर्द्धनका लागि ८३ करोड विनियोजन गरेको छ । यस्तै तरकारीको विषादी परीक्षण गर्न जनशक्ति थपिने छ भने त्यसका लागि बजट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

संसद्‌को संयुक्त बैठकमा अहिले अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले बाँदर, बँदेललगायतका जंगली जवानको जोखिम रहेका क्षेत्रमा अदुवा, बेसार खेती प्रोत्साहन गर्ने नीति लिएको छ । यस्तै पुशमा लाग्ने रोग उपचारका लागि खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरिएको छ । बाली तथा पशुबीमा प्रिमियममा २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register