मङ्गलबारसम्म वर्षाको सम्भावना, यस्तो छ प्रदेशगत मौसम विवरण

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आङ्शिक प्रभाव रहेको छ । हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, […]

May 4, 2025 - 06:25
 0
मङ्गलबारसम्म वर्षाको सम्भावना, यस्तो छ प्रदेशगत मौसम विवरण

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आङ्शिक प्रभाव रहेको छ ।

हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेश र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग्र/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले मङ्गलबारसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो छ तीन दिनको प्रदेशगत मौसम विवरण –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register