प्रतिपक्षीको संसद् अवरोधको अडानप्रति एमालेको प्रतिक्रिया : बाँदर रूखमा चढेपछि हाँगा हल्लिन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आगामी संसद् बैठकमा थप चर्को रूपमा प्रस्तुत हुने प्रतिपक्षी दलको तयारीप्रति एमालेले प्रतिक्रिया जनाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् भवन बाहिर विपक्षीको तयारीबारे प्रतिक्रिया दिएका हुन् । ‘बाँदर रूखमा चढेपछि हाँगा हल्लिन्छ । उहाँहरूको शैलीबारे सबैले बुझ्नुभएकै छ,’ उनले भने । प्रतिपक्षी दलले जेठ […]

May 29, 2025 - 13:56
 0
प्रतिपक्षीको संसद् अवरोधको अडानप्रति एमालेको प्रतिक्रिया : बाँदर रूखमा चढेपछि हाँगा हल्लिन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आगामी संसद् बैठकमा थप चर्को रूपमा प्रस्तुत हुने प्रतिपक्षी दलको तयारीप्रति एमालेले प्रतिक्रिया जनाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् भवन बाहिर विपक्षीको तयारीबारे प्रतिक्रिया दिएका हुन् । ‘बाँदर रूखमा चढेपछि हाँगा हल्लिन्छ । उहाँहरूको शैलीबारे सबैले बुझ्नुभएकै छ,’ उनले भने ।

प्रतिपक्षी दलले जेठ १५ गते बजेट पेस गर्नैपर्ने संवैधानिक दायित्वलाई ख्याल गर्दै बिहीबार संसद् सञ्चालन गर्न दिएको थियो ।

आगामी बैठकमा गृहमन्त्रीको भिजिट भिसा प्रकरणलाई लिएर थप चर्को रूपमा प्रस्तुत हुने जानकारी उनीहरूले सदनमै पनि सभामुखलाई जानकारी गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register