झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

झापा, २५ जेठ । झापाको कमल गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कमल–३ सानो केर्खामा प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो [...] The post झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु appeared first on Jhapa Online.

Jun 8, 2025 - 04:16
 0
झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु

झापा, २५ जेठ । झापाको कमल गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने कमल–३ सानो केर्खामा प्र १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

मोरङ कानेपोखरी गाउँपालिका–४ घर भएका उनी हाल इलाम सशस्त्र प्रहरी बल (बीओपी) को समालबुङ पोस्टमा कार्यरत थिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

The post झापामा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register