‘कुलमानको विषयमा जवाफ दिन आवश्यक छैन’- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा जवाफ दिन आवश्यक नभएको बताएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  उनले एकजना कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोएको भन्दै त्यसबारे जवाफ दिइरहन आवश्यक नभएको बताएका छन् ।  ओलीले प्राधिकरणबाट कुलमानलाई हटाएको विषयमा जवाफ माग्नेहरुलाई एउटालाई हटाएर अर्कोलाई नियुक्त […]

Mar 26, 2025 - 11:23
 0
‘कुलमानको विषयमा जवाफ दिन आवश्यक छैन’- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङको विषयमा जवाफ दिन आवश्यक नभएको बताएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

उनले एकजना कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोएको भन्दै त्यसबारे जवाफ दिइरहन आवश्यक नभएको बताएका छन् । 

ओलीले प्राधिकरणबाट कुलमानलाई हटाएको विषयमा जवाफ माग्नेहरुलाई एउटालाई हटाएर अर्कोलाई नियुक्त गर्नु नै प्रधानमन्त्री जवाफ भएको बताएका छन् । उनले कसैलाई सहयोग हुनेगरि जो भन्यो त्यहीलाई नियुक्त गर्ने काम सरकारको नभएको पनि प्रष्ट पारेका छन् । 

सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि बुधबार विपक्षी दलहरुले संसदमा अवरोध गरेको थिए । विपक्षी दलको अवरोधकै कारण संसद बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले कुलमान हटाएको विषयमा प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । 

यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुलमानको विषयमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register