झापामा चट्याङ लागेर दुई घाइते, एक गाईको मृत्यु

झापा, २८ जेठ । झापा जिल्लामा बुधबार साँझ परेको चट्याङले दुई जना घाइते भएका छन् भने एक गाईको मृत्यु भएको छ। चट्याङ लाग्ने घटनाहरू शिवसताक्षी नगरपालिका–७ टेक्रा र बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा भएका हुन् । शिवसताक्षी नगरपालिका–७ टेक्रामा बुधबार साँझ परेको चट्याङ डम्बर कुमारी भुजेलको गोठमा लागेको थियो। उक्त चट्याङ लाग्दा गोठमा बाँधिएको गाईको घटनास्थलमै मृत्यु [...] The post झापामा चट्याङ लागेर दुई घाइते, एक गाईको मृत्यु appeared first on Jhapa Online.

Jun 12, 2025 - 03:22
 0
झापामा चट्याङ लागेर दुई घाइते, एक गाईको मृत्यु

झापा, २८ जेठ । झापा जिल्लामा बुधबार साँझ परेको चट्याङले दुई जना घाइते भएका छन् भने एक गाईको मृत्यु भएको छ। चट्याङ लाग्ने घटनाहरू शिवसताक्षी नगरपालिका–७ टेक्रा र बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा भएका हुन् ।

शिवसताक्षी नगरपालिका–७ टेक्रामा बुधबार साँझ परेको चट्याङ डम्बर कुमारी भुजेलको गोठमा लागेको थियो। उक्त चट्याङ लाग्दा गोठमा बाँधिएको गाईको घटनास्थलमै मृत्यु भएको छ ।

त्यसैबेला घरभित्र रहेकी ४४ वर्षीया डम्बर कुमारी भुजेल पनि चट्याङको असरमा परेकी हुन्। उनको मुखमा सामान्य जलन भएको र हाल बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। उनी स्थानीय मेडिकलमा उपचाररत छिन् ।

त्यसैगरी, बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा पनि बुधबार साँझ परेको चट्याङले ६० वर्षीय पुण्य पौडेललाई घाइते बनाएको छ । आफ्नै गाईगोठमा काम गरिरहेका बेला चट्याङ लाग्दा उनको दायाँ हात र दुबै आँखामा चोट लागेको छ । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। हाल उनी पनि बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार दुवै घटनाको थप विवरण संकलन भइरहेको छ ।

The post झापामा चट्याङ लागेर दुई घाइते, एक गाईको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register