युवा व्यवसायी घलेले नेसपा नयाँ शक्तिको उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । युवा व्यवसायी रामबहादुर घलेले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आसन्न महाधिवेशनमा समावेशी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । विगत तीन दशकदेखि पर्यटन र आईटी लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका घलेले यही माघ २७, २८ र २९ गते काठमाडौंको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् […]

Feb 6, 2025 - 06:51
 0
युवा व्यवसायी घलेले नेसपा नयाँ शक्तिको उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । युवा व्यवसायी रामबहादुर घलेले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को आसन्न महाधिवेशनमा समावेशी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगत तीन दशकदेखि पर्यटन र आईटी लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका घलेले यही माघ २७, २८ र २९ गते काठमाडौंको प्रज्ञा भवनमा हुने महाधिवेशनमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बिहीबार विज्ञप्तिमामार्फत उम्मेदवारी घोषणा गर्दै उनले भावि योजना पनि सार्वजनिक गरेका छन् । घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register