प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकियो, रास्वपाले गर्‍यो संसद् बहिष्कार

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यसूचीबाट हटाएका छन् । सभामुख घिमिरले रास्वापालाई प्रधामन्त्रीको प्रश्नोत्तरमा अवरोध नगर्न आग्रह गरेका थिए । अवरोध कायमै भएपछि उनले विशेष कारण बताउँदै प्रश्नोत्तर कार्यसुचीबाट हटाएका हुन् । बैठकअघि पनि रास्वपासँग सभामुखले छलफल […]

Jun 20, 2025 - 07:44
 0
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकियो, रास्वपाले गर्‍यो संसद् बहिष्कार

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर रोकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यसूचीबाट हटाएका छन् ।

सभामुख घिमिरले रास्वापालाई प्रधामन्त्रीको प्रश्नोत्तरमा अवरोध नगर्न आग्रह गरेका थिए । अवरोध कायमै भएपछि उनले विशेष कारण बताउँदै प्रश्नोत्तर कार्यसुचीबाट हटाएका हुन् । बैठकअघि पनि रास्वपासँग सभामुखले छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर राेके पनि बैठक अगाडि बढाएपछि रास्वपाले बैठक नै बहिष्कार गरेको ।

रास्वपा सांसद मनिष झाले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । सर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register