इजरायलले युद्ध रोकिएपछि केयर गिभरमा जान लागेका नेपालीलाई भिसा दिने

काठमाडौं । इजरायलले रोजगारीका लागि आवश्यक तयारी पूरा गरेर युद्धका कारण भिसा रोकिएका नेपालीलाई युद्ध रोकिएपछि भिसा दिने भएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसँगको छलफलमा सो कुरा बताएका हुन् । साथै, इजरायल जान प्रतिक्षारत सहायक कामदारहरूको भिसा म्याद सकिएमा म्याद थपको व्यवस्था गरिने विषयमा […]

Jun 20, 2025 - 10:56
 0
इजरायलले युद्ध रोकिएपछि केयर गिभरमा जान लागेका नेपालीलाई भिसा दिने

काठमाडौं । इजरायलले रोजगारीका लागि आवश्यक तयारी पूरा गरेर युद्धका कारण भिसा रोकिएका नेपालीलाई युद्ध रोकिएपछि भिसा दिने भएको छ ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईसँगको छलफलमा सो कुरा बताएका हुन् ।

साथै, इजरायल जान प्रतिक्षारत सहायक कामदारहरूको भिसा म्याद सकिएमा म्याद थपको व्यवस्था गरिने विषयमा समेत छलफल भएको छ ।

विभागद्वारा जारी विज्ञप्तिअनुसार हाल इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक परेको अवस्थामा इजरायली सरकार सक्रिय सहयोग गर्न तयार रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register