व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक, कोषमा २० लाख ४५ हजार जम्मा

झापा, १९ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरिएको छ । व्यवसायीको हितका लागि विभिन्न ३३ वटा कार्यविधि बनाएर अघि बढेको संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ । संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरी कोष सञ्चालन कार्यविधि [...] The post व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक, कोषमा २० लाख ४५ हजार जम्मा appeared first on Jhapa Online.

Jul 3, 2025 - 16:43
 0
व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक, कोषमा २० लाख ४५ हजार जम्मा

झापा, १९ असार । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक गरिएको छ ।

व्यवसायीको हितका लागि विभिन्न ३३ वटा कार्यविधि बनाएर अघि बढेको संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ । संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरी कोष सञ्चालन कार्यविधि सार्वजनिक गरिएको हो ।

संघका अध्यक्ष राजु न्यौपानेले बैंकमा खाता खोलेर प्राप्त रकम जम्मा गरिएको बताउनुभयो । कोषमा प्राप्त रकमको हिसाब पारदर्शी रुपमा राखिएको उहाँले बताउनुभयो । हाल जन्मदिन, वैवाहिक वर्षगाँठ, पुण्यतिथि लगायतका अवसरमा कोषका लागि सहयोग प्राप्त भइरहेको र आगामी दिनमा व्यवयासीहरुबाट स्वेच्छिक सहयोग संकलन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

व्यवसायी सदस्य राहत कोषका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले कोषमा हालसम्म २० लाख ४५ हजार १ सय ९१ रूपैयाँ जम्मा भएको बताउनुभयो । कोषमा ५० लाख जम्मा भएपछि प्राप्त ब्याजबाट समस्यामा परेका व्यवसायीलाई राहत प्रदान गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा संघका कोषाध्यक्ष युवराज निरौलाले कार्यविधिका बारेमा जानकारी दिनुभएको थियो । प्राकृतिक प्रकोप, आगलागी, घटना, दुर्घटना, चोरी, बाढी लगायतका कारणबाट क्षति भएमा संघमा आवद्ध सदस्य वा सदस्यको परिवारलाई आकस्मिक राहत तथा सहानुभूति स्वरुप सहयोग प्रदान गर्ने यस कोषको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गर्नुहुँदै व्यवसायीलाई आइपर्ने अप्ठ्यारामा सहयोग पु¥याउने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो । विभिन्न संघसंस्थामा राहत कोष स्थापना गर्ने क्रम बढेको बताउनुहुँदै समस्यामा परेका सदस्यलाई केही राहत दिन कोष स्थापना गरिएको बताउनुभयो ।

व्यवसायी राहत कोषमा हालसम्म ५६ जनाले सहयोग गरेको संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभयो । तीन वर्षे योजना अनुसार एक करोडको कोष बनाउने लक्ष्य भए पनि सो भन्दा बढी बनाउन सबैलाई सहयोग पु¥याउन उहाँले आग्रह गर्नुभयो ।

प्राकृतिक प्रकोप, आगलागी, चोरी, बाढीबाट क्षति भएको खण्डमा राहत कोषमार्फत् २५ हजार रुपैयाँ प्रदान गरिने छ भने संघको सदस्यको मृत्यु भएमा १५ हजार रुपैयाँ प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

राहत कोषबाट सुविधा प्राप्त गर्न विभिन्न आठ वटा बुँदा मापण्दड कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा संघमा समयमै व्यवसाय दर्ता, नवीकरण गर्नुपर्ने लगायतका प्रावधान छ ।

The post व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक, कोषमा २० लाख ४५ हजार जम्मा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register