ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित

काठमाडौँ । ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित भएको छ । शुक्रबार केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा ब्रिजवाटर उक्त अवार्डबाट सम्मानित भएको हो । कलेजलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कलेजका प्रिन्सिपल कृष्ण पौडेल र भाइस […]

Jul 14, 2025 - 08:13
 0
ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित

काठमाडौँ । ब्रिजवाटर इन्टरनेसनल कलेज ‘डाइनामिक एजुकेसन लिडरसिप अवार्ड’ बाट सम्मानित भएको छ । शुक्रबार केन्द्रबिन्दु डटकमले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा ब्रिजवाटर उक्त अवार्डबाट सम्मानित भएको हो ।

कलेजलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड कलेजका प्रिन्सिपल कृष्ण पौडेल र भाइस प्रिन्सिपल बिष्णु प्रसाद शर्माले लिएका थिए ।

कलेजले हाल गुणस्तरीय र आधुनिक शिक्षालाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, कलेजले शैक्षिक क्षेत्रसँगै विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र करियर गाइडसमेत प्राथमिकतामा राखेको छ ।

ब्रिजवाटरले माध्यमिक शिक्षा परीक्षा (एसईई) पश्चातको +२ तहमा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायहरूमा अध्ययनको अवसर प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register