झापाको पाडाजुगीबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

Sep 5, 2025 - 02:42
 0
झापाको पाडाजुगीबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा, २० भदौ । झापा जिल्लाको कमल गाउँपालिका–५ स्थित पाडाजुगी चोकमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

शुक्रबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा प्लास्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसिलो पदार्थ फेला पारेको हो। उक्त पदार्थ तत्काल डिजिटल तराजुमा तौल गरी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा मोरङ बिराटनगर महानगरपालिका–८ स्थायी घर भई हाल झापा दमक नगरपालिका–८ मा बसोबास गर्दै आएका ३१ वर्षीय भोला अमात राय, भारत बिहार प्रान्त ठाकुरगंज–५ स्थायी घर भई हाल दमक नगरपालिका–८ किरात चोकमा बस्दै आएका २० वर्षीय आलम खान र झापा दमक नगरपालिका–७ सुकुम्बासी टोलका २८ वर्षीय राजिव मण्डल रहेका छन्।

प्रहरीले तीनै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाएको छ।

The post झापाको पाडाजुगीबाट ब्राउनसुगरसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register