विद्यादेवी भण्डारीको अपिल: “पार्टीले ममाथि कुठाराघात गर्‍यो”

Sep 5, 2025 - 04:20
 0
विद्यादेवी भण्डारीको अपिल: “पार्टीले ममाथि कुठाराघात गर्‍यो”

काठमाडौं ।

पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई अपिल पठाउने तयारी गरेकी छन्।

उनले पार्टीप्रति गहिरो आस्था राख्दा पनि सदस्यता नवीकरण रोकिएको भन्दै असन्तोष व्यक्त गरेकी हुन्। भण्डारीले पार्टीको विशेष निर्णयबाट राष्ट्रपति बनेको स्मरण गराउँदै, अहिले फर्केर पार्टीमा सक्रिय हुन खोज्दा अवरोध गरिएकोप्रति दुःख व्यक्त गरेकी छन्।

उनले प्रतिनिधिहरूलाई सत्य र न्यायको पक्षमा उभिन आग्रह गर्दै, “कसैले पनि मेरो जस्तो नियति भोग्न नपरोस्” भन्ने सन्देशसमेत पठाउने तयारी गरेकी छन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register