आर्य समाज लंन्दनमा सत्संग तथा भजन कार्यक्रम

Jul 3, 2022 - 20:20
Jul 4, 2022 - 05:24
 0

जुलाई ३, लण्डन- आर्य समाज लण्डनमा सत्संग तथा भजन कार्यक्रमको आयोजना गरियो।   कार्यक्रमको शुरुवातमा मन्दिरका मूल पुरोहितले उपस्थित भक्तजनहरुको लागि दैनिक प्रार्थना तथा हवनयज्ञ  कार्यक्रमको आयोजना गर्नुभएको  थियो। 

हवन यज्ञ पछि मन्दिरका मूल भजन गायक लेखराम दसमुथले ‘पुजनीय प्रभु हमारे’ बोलको यज्य  प्रार्थना प्रस्तुत गर्नुभएको थियो ।

यज्ञ प्रार्थना पछि आर्य समाज लण्डनले नेपालको काठमाडौंबाट आउनुभएका नेपाल आर्य समाजका आजीवन सदस्य तथा पत्रकार किशोर कुमार सेडाई र लण्डनको रेडिंग बरोमा  बसोबास गर्दै आउनुभएका उहाँका भाइ दिपेन्द्र सेडाई र भतिजा डीएन राज सेडाईलाई  स्वागत कार्यक्रम गर्नुभएको थियो।  

सो अवसरमा बोल्दै किशोर सेडाईले नेपालमा आर्य समाजको विस्तारमा पण्डित माधवराज जोशी र उनका छोरा शुक्रराज शास्त्रीले ठूलो योगदान गरेको बताए । काठमाडौंको इन्द्रचोकमा आर्य समाज र गीताको प्रचार गरेकोको आरोपमा तत्कालीन राणा सरकारले १९९७  साल माघ १० गते टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई फाँसी दिएको पनि पत्रकार सेडाईले बताए ।

त्यसपछि भजन गायक किशोर सेडाईले ‘दयानन्दने जगतको जगाया’ बोलको हिन्दी भजन प्रस्तुत गरेका थिए ।

अन्त्यमा उपस्थित सत्संग प्रेमी तथा बालबालिकाहरुले आर्य समाजका ‘दस नियम’ तथा शान्ति पाठ प्रस्तुत गरेका थिए। 

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal