विश्व वातावरण दिवसको अवसरमा टेकानपुरको जंगलमा वृक्षारोपण

Jun 5, 2023 - 03:55
 0
विश्व वातावरण दिवसको अवसरमा टेकानपुरको जंगलमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा टेकानपुरको जंगलमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस रामेछापको मन्थली नगरपालिका–२ टेकानपुरको जंगलमा वृक्षारोपण गरेर मनाइएको छ । मन्थली नगरपालिका–२ नं वडा कार्यालयसँगको समन्वय तथा डिभिजन वन कार्यालय रामेछाप र भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण गरिएको हो । 

वृक्षारोपण कार्यक्रमको शुभारम्भ मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ल अधिकारी अनिता निरौलाले एक÷एक वटा बिरुवा रोपेर गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुली, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रमका सहभागीले जंगलमा विभिन्न जातका रुख रोपेर पानी हाल्नु भएको छ । रोपिएका रुखको स्थानीय सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गर्ने भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1