सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ : प्रधानमन्त्री

Jun 14, 2023 - 04:07
 0
सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ : प्रधानमन्त्री
सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट प्रतिक्रियावादी प्रतिगामी अतालिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले भन्नुभयो, जनतालाई प्रत्यक्ष सेवा दिने कुरा, विदेशमा गएका नेपालीहरूलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अतालिएका छन् । उहाँले तिनीहरू एजेन्डा विहीन बनेका र जनतामा नाङ्गिएको पनि बताउनुभयो । प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनता बुझाउने कुरा मुख्य भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ । प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरू सजिलो बलियो बनेको स्थितिबाट भएको नभई अप्ठ्यारो, जटिलता र धेरै खालका घेराबन्दीका बीचबाट लिइएको पहल बताउनुभयो ।प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवी पत्रकारहरूले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । 

सङ्गठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जन पक्षीय उपलब्धिहरू थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरूको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ । प्रेस सेन्टरले संविधान र संविधानले प्रदत्त गरेका उपलब्धि रक्षाका लागि उभिएका शक्तिहरुबीचको एकता विगतका कमजोरीहरू सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर प्रतिगामी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले सहकार्य गर्ने विश्वास गरेको छ । 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.