के लिङ्ग्देन भारतका मोदी को नेपालीरुप हुन सक्छन् ?

जसरि भारतमा कल्पना गर्नै नसकिने गरी नरेन्द्र मोदीले सत्ता समाले त्यसरी नै के राजेन्द्र लिङ्देन लाई पनि आजका युवा पिँढीहरुले समर्थन दिएर देशलाई नयाँ भविष्यतर्फ धकेल्छन् त?

Dec 8, 2021 - 10:15
 0

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैं लिङ्देनलाई पनि पार्टीका युवा नेताहरूको भरपुर समर्थन ।

भर्खरै भएको चुनावमा निर्वाचन संयोजक हरि बस्नेतका अनुसार लिङ्देनले एक हजार ८१७ मत पाएका थिए भने थापाले एक हजार ६१८ मत प्राप्त गरेका थिए । ४३१ मत बदर भएको छ ।

‘वास्तवमा हामी युवाहरु कमल थापाको नेतृत्वमा परिवर्तन चाहेका थियौं किनभने उहाँको नेतृत्वमा हाम्रो पार्टीको कुनै भविष्य छैन,’ केन्द्रीय सदस्यका उम्मेदवार फनीराज लोहनीले मतदान सुरु हुनुअघि शनिबार साँझ भने । ‘लिङ्देनको नेतृत्वमा अधिकांश हिन्दूवादी र राजतन्त्र पक्षधर संगठनले हाम्रो पार्टीसँग हात मिलाउने भनी राजेन्द्र लिङ्देनको नेतृत्वमा छुट्टै प्यानल लिएर चुनाव लड्ने निर्णय गरेका छौं ।”

लिङ्देन झापा जिल्लाका सांसद हुन् । उनले सन् २०१७ को निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

पार्टीमा रहेका उनका अनुयायीहरूका अनुसार लिङ्देनले गणतन्त्रका पक्षधर नेताहरूको नेतृत्वमा सरकारमा गएर पार्टीलाई बदनाम गरेकाले थापालाई चुनौती दिने निर्णय गरेका थिए।

लिङ्देनलाई पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए भने अर्का पूर्वअध्यक्ष पशुपति शमशेर राणाले थापालाई समर्थन गरेका थिए ।

जसरि भारतमा कल्पना गर्नै नसकिने गरी नरेन्द्र मोदीले सत्ता समाले त्यसरी नै के राजेन्द्र लिङ्देन लाई पनि आजका युवा पिँढीहरुले समर्थन दिएर देशलाई नयाँ भविष्यतर्फ धकेल्छन् त?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register