यात्रा तिम्रो हो कि कुनै वाद को ...?

Mar 3, 2022 - 12:20
Mar 3, 2022 - 21:19
 0
यात्रा तिम्रो हो कि कुनै वाद को ...?

यात्रा तिम्रो हो कि कुनै वादको ..?

मलाई,
आफ्ना पाइला चाल्नु
कुनै,
शिव खेडाले सिकाइरहनु पर्दैन
त्यसरी नै,
मेरो,
सङ्घर्षशील सत्तालाई
कुनै,
विचारवादको खाँचो एकदमै छैन
किनभने,
मेरो???????? घरआँगनमा कुनै माइकालाल को हस्तक्षेप
मरिगए रुचाउँदिनँ ।

जन्मिंदै लिएर आएका,
सामर्थ्यबाट नै उभ्याउने हो अग्रपथ 
त्यसका लागि,
अर्काको ऋण बोक्ने कुनै कारण छैन
बरु,
अर्काको सुत्र समातेर गुड्नेहरू 
माझबाटोमा,
लडिरहेका देखेका छौँ अनगिन्ती जताततै ।

तिमीलाई, 
चाहिएको आइलाइट हो 
जो,
जन्मदेखि नै तिमीसँगै छ
त किन,
अर्काको देखाएको बाटो किन कुद्छौ
अब आफै भन !
यात्रा तिम्रो हो कि कुनै वादको..?

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0