गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

काठमाडौं । बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका हुन् । अस्पतालबाट घर आएपछि गोविन्दाले उक्त दिन के भयो ? लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन् । गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए । उनी […]

Oct 5, 2024 - 08:33
 0
गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

काठमाडौं । बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा ३ दिन बिताएपछि डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट घर आएपछि गोविन्दाले उक्त दिन के भयो ? लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन् ।

गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए । उनी भन्छन्, ‘अलि गहिरो चोट थियो, पत्याउनै सकिनँ सुरुमा त । के भयो जस्तो लाग्यो ।’

घटना हुँदा घरमा आफू एक्लै भएको र बिहान ४:४५ देखि ५ बजेको बीचमा घटना भएको उनी बताउँछन् । त्यतिबेला गोविन्दा कोलकाता जाने तरखरमा थिए ।

उनी भन्छन्, ‘म कोलकाताको शोमा जाने तयारी गरिरहेको थिएँ । बिहानको पौने ५ देखि ५ बजेको थियो होला । त्यो (रिभल्वर) खस्यो र पड्क्यो । मलाई झट्का लाग्यो, हेर्दा रगतको फोहोरा देखेँ । यो घटनामा अरू कसैलाई जोड्नु ठीक छैन र अरूलाई अप्ठ्यारो पार्नु हुँदैन भन्ने लाग्यो, त्यसैले मैले केही भिडिओ बनाएँ र डा. अग्रवालकहाँ गएँ । उनी मसँगै आए र मलाई क्रिटी केयर अस्पताल लगे ।’

यस घटनाबाट ठूला पाठ सिकेको उनी बताउँछन् ।

गोविन्दा भन्छन्, ‘जब डाक्टरले खतरामुक्त छ भन्नुभयो, सबै कुरा ठीकठाक छ भन्नुभयो । म अलिकति हर्षित भएँ, त्यसैले मलाई केही गलत छैन भन्ने लाग्यो । म अहिले अलि सहज छु । मलाई थाहा थिएन कि यस्तो केही हुनेछ । तर, हामीले ख्याल गर्नुपर्छ । म आशा गर्छु, यस्तो फेरि कसैलाई नहोस् । यसबाट ठूलो पाठ सिकेको छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register