शिवसताक्षीका पाराबारी, मंगलबारेका किराना पसलबाट पेट्रोलियम पदार्थ खुलेहाम बिक्री

शिवसताक्षी, २० असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज बोलोचोक बजार, पाराबारी बजार, मंगलबारे बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बोलोचोक बजारका अधिकांश पसलहरु बन्द गरेको पाइएको छ । नगरपालिकाको गाडी रोकेर अनुगमन सुरु गरेपछि भित्री बजारका पसलहरु एकाएक बन्द भएको हो । बोलोचोकका एक व्यापारीले भने, अगिसम्म सबै पसल खुल्लै थिए , अनुगमन आएको [...] The post शिवसताक्षीका पाराबारी, मंगलबारेका किराना पसलबाट पेट्रोलियम पदार्थ खुलेहाम बिक्री appeared first on Jhapa Online.

Oct 6, 2024 - 17:58
 0
शिवसताक्षीका पाराबारी, मंगलबारेका किराना पसलबाट पेट्रोलियम पदार्थ खुलेहाम बिक्री

शिवसताक्षी, २० असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज बोलोचोक बजार, पाराबारी बजार, मंगलबारे बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बोलोचोक बजारका अधिकांश पसलहरु बन्द गरेको पाइएको छ ।

नगरपालिकाको गाडी रोकेर अनुगमन सुरु गरेपछि भित्री बजारका पसलहरु एकाएक बन्द भएको हो । बोलोचोकका एक व्यापारीले भने, अगिसम्म सबै पसल खुल्लै थिए , अनुगमन आएको देखेपछि सबै पसल बन्द भए ।

त्यस्तै वडा नं. ३ को पाराबारी बजारका ढकाल स्टोर, क्ुमार किराना, नेपाल सप्लायर्समा म्याद गुज्रिएका पेय पदार्थ, कुरमुरे, चाट मसला, पापडलगायत खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारेको आर्यन होटलमा चिप्स, कुरमुरे, फ्रुटीलगायत ११० पिस चुजबल म्याद गुज्रिएको भेटिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा गणेश स्टोर्स, मोक्तान होटल एण्ड मधिरा पसल, ताजपुरिया फलफल पसल, सुमन किराना पसल र चिया पसलमा बाहिर राखेर पेट्रोल विक्री गरेको पाइएको थियो । बोलोचाक, पाराबारी र मंगलबारेका अधिकाश पसलहरुमा ग्लेन र बोतलमा राखेर खुलेहाम पेट्रोल विक्री गरेको शिवसताक्षी अनुगमन समितिकी संयोजक तथा उपप्रमुख नरमाया कार्कीले बताइन् ।

नगरपालिकाले अनुगमनका क्रममा भेटिएका खाद्य वस्तुहरु नष्ट गरिदिएको छ । शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा शिवगञ्ज प्रहरी, नगर प्रहरी, गरका कर्मचारी, सञ्चारकर्मी, बाणिज्य संघका प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष, बजार समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

The post शिवसताक्षीका पाराबारी, मंगलबारेका किराना पसलबाट पेट्रोलियम पदार्थ खुलेहाम बिक्री appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register