राजकीय सम्मानका साथ टाटाको अन्त्येष्टि
काठमाडौं । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको मुम्बईको वर्ली श्मशान गृहमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि नरिमन प्वाइन्टस्थित राष्ट्रिय प्रदर्शन कला केन्द्र (एनसीपीए)मा राखिएको थियो । यहाँबाट उनको अन्तिम यात्रा वर्लीको श्मशानस्थल पुग्यो । टाटा परिवारको कथा : धर्मपुत्र थिए रतनका पिता नवल, अब कसले […]
काठमाडौं । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको मुम्बईको वर्ली श्मशान गृहमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
यसअघि उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि नरिमन प्वाइन्टस्थित राष्ट्रिय प्रदर्शन कला केन्द्र (एनसीपीए)मा राखिएको थियो । यहाँबाट उनको अन्तिम यात्रा वर्लीको श्मशानस्थल पुग्यो ।
टाटा परिवारको कथा : धर्मपुत्र थिए रतनका पिता नवल, अब कसले गर्ला नेतृत्व ?
दाहसंस्कारअघि उनलाई गार्ड अफ अनर दिइएको थियो । रतन टाटाले ८६ वर्षको उमेरमा बुधबार राति करिब ११ बजे अन्तिम सास लिएका थिए ।
उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन हेरचाह इकाई (आईसीयू)मा भर्ना गरिएको थियो र उमेर सम्बन्धी रोगबाट पीडित थिए।
केन्द्रीय गृहमन्त्री अमित शाह, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, मुकेश अम्बानी र कुमार मंगलम बिर्लालगायत राजनीति, खेलकुद र व्यापारका धेरै व्यक्तित्वहरूले टाटालाई श्रद्धाञ्जली दिएका छन् ।
रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा
What's Your Reaction?