प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै उनले टीका नलगाइदिने भएका हुन् । यस पटक परिवारका सदस्यसँग बाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले एक भिडिओमार्फत् दिएका हुन् । उनले भनेका छन्, […]

Oct 11, 2024 - 12:53
 0
प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै उनले टीका नलगाइदिने भएका हुन् ।

यस पटक परिवारका सदस्यसँग बाहेक टीका लगाउने कार्यक्रम नरहेको सन्देश उनले एक भिडिओमार्फत् दिएका हुन् ।

उनले भनेका छन्, ”यतिबेला मेरो मन भारी भइरहेको छ । दशैंको उल्लासमय रमाउनुपर्ने बेला, हाम्रा दिदीबहिनी, दाजुभाइहरू पनि रमाउन नसकिरहेको अवस्थामा म पनि त्यति रमाउन सकिरहेको छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register